इन्डियन प्रिमियर लिग

गायकवाड र राहुललाई जरिवाना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टोली चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई समान १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।

इपिएल अन्तर्गत शुक्रबार सम्पन्न खेलमा स्लो ओभर रेटका कारण दुवै टोलीका कप्तानलाई जरिवाना गरिएको हो । यस सिजन लखनउ र चेन्नईको यो पहिलो गल्ती भएकोले आइपिएल आचारसंहिता अनुसार न्यूनतम सजाय दिइएको भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यसअघि कोलकाता नाइट्सराएडर्सका कप्तान श्रेयस अय्यर, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्य, राजस्थान रोयल्सका कप्तान सञ्जु सामसन, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त(दुई पटक) र गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई जरिवाना गरिएकाे थियाे ।