चैत्र १८, २०८२ बुधबार | १२:२४:०७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

ओमानको लिग–२ मा पहिलो जित

काठमाडौं । आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत १७औं खेलमा ओमानले नामिबियालाई ४ विकेटले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा नामिबियाले सुरुमा ब्याटिङ गर्दै ९ विकेट गुमाएर एक सय ९७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा ओमानले ६ विकेट गुमाएर एक सय ९७ रन बनाया ।

लिग २ मा ओमानको यो पहिलो जित हो । चार खेलबाट तीन अंक जोडेको ओमान पाँचौं स्थानमा छ । तेस्रो हार बेहोरेको नामिबिया तालिकामा ७ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ । चार खेलबाट दुई अंक जोडेको नेपाल छैटौँ स्थानमा छ ।

ओमानको इनिङ्समा कप्तान अकिव इल्यासले १२९ बलमा सर्वाधिक ६८ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । खालिद खलीले ५५ बलमा ४३ रन, साइब खानले २६ तथा प्रतिक अथाभालेले १८ रनको योगदान गरेका हुन् । नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक दुई विकेट हात पारे ।

यसअघि टस हारेर  ब्याटिङ गरेको नामिबियाको लागि अलराउन्डर मलान क्रुगरले ९० बलमा सर्वाधिक ७३ रन बनाएका हन् । पाँचौ नम्बर क्रिजमा पुगेका उनले ६ चौका प्रहार गरे । जेजे स्मिथले ४१, ओपनर माइकल भान लिंगनले ४० रनको योगदान गरेका हुन् । ओमानका विलाल खानले सर्वाधिक तीन र फयज बटले दुई विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो