माघ १८, २०८२ आइतबार | १०:४३:२८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

श्रीलंका १० विकेटले विजयी

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको सानदार जित निकालेको छ ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट बंगलादेश उपविजेताका रूपमा अगाडि बढ्यो ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको ९४ रनको लक्ष्य श्रीलंकाले ११.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

श्रीलंकाका लागि कप्तान चमारी अथापथुले ४९ र भिष्मी गुनारत्नेले ३९ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नन्नपत कोन्चरोएनकाले ४७, कप्तान थिपच्चा पुत्थावाङले १३ र अपिसरा सुवान्चोराथीले १२ रन बनाए ।

श्रीलंकाका लागि काविशा दिलहरीले दुई तथा सुगन्धिका कुमारी, इनोशी प्रियदर्शनी र चमारी अथापथुले समान एक विकेट लिए ।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।