चैत्र १३, २०८२ शुक्रबार | ११:१४:५७
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

श्रीलंका १० विकेटले विजयी

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको सानदार जित निकालेको छ ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट बंगलादेश उपविजेताका रूपमा अगाडि बढ्यो ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको ९४ रनको लक्ष्य श्रीलंकाले ११.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

श्रीलंकाका लागि कप्तान चमारी अथापथुले ४९ र भिष्मी गुनारत्नेले ३९ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नन्नपत कोन्चरोएनकाले ४७, कप्तान थिपच्चा पुत्थावाङले १३ र अपिसरा सुवान्चोराथीले १२ रन बनाए ।

श्रीलंकाका लागि काविशा दिलहरीले दुई तथा सुगन्धिका कुमारी, इनोशी प्रियदर्शनी र चमारी अथापथुले समान एक विकेट लिए ।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो