इङ्लिस प्रिमियर लिग

आर्सनल शीर्ष स्थानमा फर्कियो

काठमाडौं । उल्भ्सलाई २–० ले हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति आर्सनलको जितमा लेआन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले समान एक गोल गरेका हुन् ।

३३ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेका म्यानचेष्टर सिटी ७३ अंकसहित दोस्रो र ७१ अंकको लिभरपुल तेस्रो स्थानमा छ ।

खेलको ४५औं मिनेटमा लेआन्द्रोले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा ओडेगार्डले दोस्रो गोल गरेका थिए ।