चैत्र १८, २०८२ बुधबार | ११:३८:०६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

हैदराबादको पाँचौं जित, दिल्ली ६७ रनले पराजित

काठमाडौ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले पाचौँ जित निकाल्दा दिल्ली क्यापिटल्सले पाचौँ हार बेहोरेको छ । शनिबार राति भएको खेलमा दिल्ली हैदराबादसँग ६७ रनले पराजित भएको हो ।

हैदराबाद सात खेलबाट दश अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली ६ अंकसहित सातौँ स्थानमा रह्यो ।

सुरुवाती ब्याटिङ गरेको हैदराबादले ट्राभिस हेडको आक्रामक ब्याटिङमा सात विकेट गुँमाएर दुई सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा दिल्ली १९.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ९९ रन बनाएको हो ।

दिल्लीको इनिङ्समा ज्याक फ्रासेसले १८ बलमा ६५ रन बनाएका हुन् । अभिषेक पोरेलले २२ बलमा ४२ रन बनाए । कप्तान ऋषभ पंतले ३५ बलमा ४४ रनको योगदान गरे । ज्याक र अभिषेकबीच तेस्रो विकेटको लागि ३० बलमा ८४ रनको साझेदारी भएको थियो । हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक चार विकेट हात पारेका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबादका लागि ओपनर हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित सर्वाधिक ८९ रन बनाएका थिए । अभिषेक शर्माले १२ बलमा ४६ रन बनाएका हुन् । पहिलो विकेटको लागि दुई खेलाडीबीच एक सय ३१ रनको साझेदारी भएको थियो ।

शहबाज अहमेदले ५९ रन बनाए । नितिश कुमार रेडीले ३७ र हेनरिक क्लासेनले १५ रनको योगदान गरे । दिल्लीका कुलदीप यादवले सर्वाधिक चार विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो