म्यानचेष्टर सिटी

चेल्सीलाई हराउँदै सिटी फाइनलमा

काठमाडौं । चेल्सीलाई १–० ले हराउँदै म्यानचेष्टर सिटीले एफए कपको फाइनलमा स्थान बनाएको छ । साविक विजेता सिटीको जितमा बर्नान्डो सिल्भाले निर्णायक गोल गरेका हुन् ।

शनिबार राति वेम्बली रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । खेल सकिन ६ मिनेटअघि सिल्भाले सिटीको लागि गोल गरेका हुन् ।

सिटीले च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग पराजित भएको साता नै चेल्सीसँग खेलेको हो । यसपटक सिटी सफल भयो । रियालविरुद्ध पेनाल्टी चुकाएका सिल्भा नै चेल्सीविरुद्ध निर्णायक भएका हुन् ।

अब, सिटीले म्यानचेष्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।