सहिद स्मारक ‘सी’ डिभिजन लिग

पुल्चोकको विजयी सुरुआत

काठमाडौं । पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबारको पहिलो खेलमा पुल्चोकले सामाजीक युवा क्लबलाई ३-० ले पराजित गर्यो । जितसँगै पुल्चोकले तीन अंक जोडेको छ ।

पुल्चोकलाई जित दिलाउन सुमन श्रेष्ठ, सिरब लो तामाङ र सागर थिङले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका हुन् ।

खेलको पहिलो मिनेटमै सुमनको गोलमार्फत पुल्चोकले अग्रता लिएको थियो । १७औं मिनेटमा सिरबले टोलीको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा सागरले गोल गरेपछि पुल्चोकले पहिलो हाफमै ३ ० को आरामदायी अग्रता बनायो । दोस्रो हाफमा भने कुनै गोल हुने सकेन ।