नेपाली क्रिकेट

एस्टविक नेपालकाे बलिङ सल्लाहकार

काठमाडौं । वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बलिङ सल्लाहकार  नियुक्त भएका छन् ।

‘नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एस्टविकलाई बलिङ सल्हाहकारमा नियुक्त गरिएको जानकारी दियो । एस्टविकसँग आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेको अनुभव छ ।

नेपालको राष्ट्रिय टोलीमा काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो । आफ्नो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु ,’ एस्टविकले भने,‘ पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजानका लागि म शतप्रशित दिने प्रयास गर्नेछु ।’ 

६२ वर्षीय एस्टविकले ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन् । उनले प्रथम श्रेणीमा १४१ विकेट लिनुका साथै ३७६ रन प्रहार गरेका छन् । यसैगरी एस्टविकले लिस्ट ‘ए’ मा ४३ विकेटका साथै १०० रन बनाएका छन् ।