कतार विश्वकप २०२२

पोर्चुगलको विश्वकप आशा कायम छ : रोनाल्डो

लिस्बन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो टोलीले स्थान बनाउनेमा विश्वस्त रहेको बताएका छन् ।

विश्वकप छनोटअन्तर्गत आइतबार राती सर्वियासँग २-१ ले पराजित भएपछि सोझै विश्वकप छनोट हुनबाट बञ्चित भएको पोर्चुगलले अब कतारको टिकट काट्नका लागि प्लेअफ खेल्नुपर्ने छ ।

‘सर्वियासँगको नतिजा निकै कठिन थियो, तर त्यो हामीलाई तल पुर्याउन पर्याप्त छैन । सन् २०२२ मा हुने विश्वकपमा स्थान बनाउने सम्भावना अझै धेरै छ,’ रोनाल्डोले भने, ‘त्यहाँ पुग्न हामीले के गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । त्यसमा कुनै क्षमा हुन्न । पोर्चुगल विश्वकपको यात्रामा कायम छ ।’

विश्वकपमा सोझै स्थान बनाउँन पोर्चुगललाई सर्वियाविरुद्धको खेलअघि एक अंक मात्र आवश्यक थियो । तर, सर्वियासँग पराजित भएपछि टोलीले विश्वकपका लागि प्लेअफ खेल्नुपर्ने भएको हो ।