भाद्र २७, २०८२ शनिबार | ०९:४८:२४
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

चोटबाट मुक्त हुने प्रयासमा रिया, राष्ट्रिय टोलीको प्रशिक्षणमा अनुपस्थित

काठमाडौं । बंगलादेशको ढाकामा आगामी पुस ६ गतेबाट सुरु हुने एसियन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली २० सदस्यीय महिला टोलीले आइतबार देखि प्रशिक्षण सुरुआत गरिसकेको छ ।

प्रतियोगिताका लागि नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपका लागि छनोट भएका १८ खेलाडी र विभागीय तीन खेलाडीलाई समेटेर प्रशिक्षणमा बोलाएको थियो ।

तर टोलीको प्रशिक्षणमा होङ्वान्जी न्यु डाइमन्ड क्लबकी उदयीमान खेलाडी रिया कुँवर भने छैनन् ।

टिमका सबै सहकर्मी प्रशिक्षणमा जाँदा रिया चाँही निराश भएर घरमै आराम गरिरहेकी छिन् ।
 
‘सबैजना खेल्न जान्छन् । म चाँहि घरमा बस्नु परेको छ । धेरै दुःख लागेको छ । अरु बेला सामान्य लागे पनि भलिबलका गतिविधि हुँदा आफू जान नसक्दा चाँही दुःख लाग्दो रहेछ,’ खेलाडीसँगको कुराकानीमा रियाले भनिन् ।

प्रशिक्षणको दौरान घुँडाको एन्टेरियर क्रुसेट लिगामेन्ट (एसिएल) चुँडिएपछि असोज ४ गते राष्ट्रिय ट्रमा सेन्टरमा उनको शल्यक्रिया भएको थियो । त्यसपछि उनी आराममा छिन् । रियालाई कोर्टमा फर्किनका लागि ६ देखि ९ महिना लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तिहारपछि रियाले बैसाखी छोडेर आफ्नै खुट्टाको भरमा स्कुल जान थालिसकेकी छिन् । ‘स्कुलमा प्रशिक्षण भइरहेको देख्दा कुनै समय म पनि यसैगरी खेल्थें भन्ने लाग्छ । तर ६ महिनाका लागि आफूलाई सम्हालिरहेकी छु । त्यतिसम्ममा पूर्ण रुपमा फिट भएर कोर्टमा फर्किनेछु,’ उनको अठोट छ ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS