कपिलवस्तु तिलौराकोट गोल्डकप

कठिन जित निकाल्दै पुलिस सेमिफाइनलमा

फाइल तस्विर

कपिलवस्तु । सहारा क्लबमाथि १-० को कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्बल प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । 

कपिलवस्तुस्थित बुद्ध रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा पुलिसलाई जित दिलाउन शिशीर चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । शिशीरले ४८औं मिनेटमा गोल गरेका थिए । 

५७औँ मिनेटमा सुशिल लामा पेनाल्टीमा चुक्दा सहाराले बराबरी गर्ने सुनौलो अवसर गुमायो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन। 

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टारसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

 थ्री स्टारले आयोजक कपिलवस्तु ११ माथि ३-० को सहज जित निकाल्दै समिफाइनलमा स्थान बनाएको हो ।