विराट गोल्डकप

आर्मीलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा

विराटनगर । न्युरोड टिम (एनआरटी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन प्रतियोगितमा  एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-०ले पराजित  गर्यो ।

एनआरटीले दोस्रो क्वार्टरफाइनलमा आइतबार भारतको सिक्किम ड्रागानसँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीलाई जित दिलाउन विदेशी खेलाडी रिचार्ड र अफिज आलावालेले गोल गरे ।

खेलको २६औं मिनेटमा रिचार्डको गोलमार्फत एनआटीले अग्रता लियो । उनले ओलावालेको क्रसलाई पोस्टको दिशा दिएका थिए ।

ओलावालेले ७५औं मिनेटमा गोल गर्दै एनआरटीलाई २-० को जित दिलाए । वैकल्पिक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासमा आफिजको  हेडरलाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर बचाउन खोजे पनि सफल भएनन् ।

हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार ब्यहोर्नु  परेको बताए । ‘नियमित खेलहरु भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरु छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने ।

जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो तालामेल भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरुलेधेरै मेहनत गर्दा नतिजा राम्रो आयो,’उनले भने, ‘क्वार्टरफाइनलमा  याँ खेलाडी राख्नेछौं ।’

 पहिलो क्वार्टरफाइनलमा शनिबार घरेलु टोली संग्रीला मोरङ फुटबल क्बल र भुटानको रोयल थिम्पु फुटबल क्लबबीच हुनेछ ।