फिफा विश्वकप एसिया छनोट

बहराइनसँग नेपाल पराजित, विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त

काठमाडौं । फिफा विश्वकप एसिया छनोट अन्तर्गत घरेलु टोली बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल ३-० ले पराजित भएको छ ।

बहराइन राष्ट्रिय रंगशालामा मंगलबार बहराइनलाई जित दिलाउन सायद महदी बाकेर, कप्तान अब्दुल्लाह युसुफ हेला र कमिल अल-अस्वादले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका हुन् ।

चारै खेलमा पराजित नेपाल अंकविहिन रहँदै समूह ‘एच’को पुछारमा छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर नेपालले एसिया कप छनोटको  तेस्रो चरणमा भने प्रतिस्पर्धा गर्न पाउनेछ ।

खेलको सातौं मिनेटमा बकेरको गोलमार्फत बहराइनले अग्रता लिएको थियो । नेपाली खेलाडीले कर्नरबाट आएको बललाई क्लियर गर्न नसकेपछि बाकेरको गोल गरे ।

हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फउल गरेपछिबहराइनले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।

अल -अस्वादले ३६औं गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली रक्षकलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे ।

पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा सन्जिब विष्टले गोल गरे पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो ।

यसअघि नेपालले युएईविरुद्ध ४-०, यमनविरुद्ध २-० को हार बेहोरेको थियो । युएई १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै नौ अंक जोडेको बहराइन दोस्रो र यमन तीन अंकका साथ  तेस्रो छन् ।

यही खेलमार्फत रक्षक विशाल बस्नेतले डेब्यु गरेका छन् ।  उनी ८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।  ।