पुस १८, २०८२ शनिबार | ११:३७:५७
खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा

सद्भाव र भुवनलाई अग्रता

भुवन नगरकोटी

काठमाडौं । एमेच्योर सद्भाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार संयुक्तरुपमा शीर्ष स्थानमा छन् ।

सद्भाव र भुवनले ९-अन्डर १३५ को स्कोरमा दोस्रो दिनको खेल सकाए । उनीहरूले एमेच्योर विजय श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौँ स्थानबाट शीर्ष स्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवन आज ६-अन्डर ६६ को स्कोरसहित शीर्ष स्थानमा कायमै रहे।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा  छन्। समग्रमा १-अन्डर १४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे। युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र नीरजले १-ओभर ७३ मा खेल सकाए।

भुवनकुमार रोक्का र बलभद्र राई इभन-पार १४४ को स्कोरमा संयुक्तरुपमा सातौँ स्थानमा छन्। भुवनले २-अन्डर ७० र बलभद्रले इभन-पार ७२ को स्कोर निकाले। आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १४५ को नतिजामा दिनेश प्रजापती नवौँ र समग्रमा २-ओभर १४६ सहित सञ्जय लामा १०औं स्थानमा रहे। सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए।

३६ होलको समाप्तिमा १३-ओभर १५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी  २९ गल्फरले कट बनाएका छन्।

जयराम श्रेष्ठ, विष्णुप्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीपकुमार लामा, सबिन सापकोटा, रामकृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्णमान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन्। यस्तै एमेच्योर गल्फर टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापामगर र सुरेश तामाङले पनि कट बनाए ।

सद्भावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगीरहित प्रदर्शन गरे। फ्रन्ट नाइन २(अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औँ, ११औँ, १४औँ र १६औँ होलमा चार बर्डीको सफलता प्राप्त गरे। र ५-पारको १२औँ होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६=अन्डर ३० मा पुरा गरे।

भुवनले सानदार सुरुआत गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा पाँच बर्डी प्रहार गरे। आठौँ होलमा भने एक सट खेर फाले। यसपछि ११औँ र १५औँ होलमा एक(एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, सातौँ, नवौँ, १०औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे। तर चौथो, आठौँ, १४औँ र १७औँ होलमा एक/ एक सट खेर फाले।


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC