चैत्र ८, २०८२ आइतबार | २१:११:४८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सद्भाव र भुवनलाई अग्रता

भुवन नगरकोटी

काठमाडौं । एमेच्योर सद्भाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार संयुक्तरुपमा शीर्ष स्थानमा छन् ।

सद्भाव र भुवनले ९-अन्डर १३५ को स्कोरमा दोस्रो दिनको खेल सकाए । उनीहरूले एमेच्योर विजय श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौँ स्थानबाट शीर्ष स्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवन आज ६-अन्डर ६६ को स्कोरसहित शीर्ष स्थानमा कायमै रहे।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा  छन्। समग्रमा १-अन्डर १४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे। युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र नीरजले १-ओभर ७३ मा खेल सकाए।

भुवनकुमार रोक्का र बलभद्र राई इभन-पार १४४ को स्कोरमा संयुक्तरुपमा सातौँ स्थानमा छन्। भुवनले २-अन्डर ७० र बलभद्रले इभन-पार ७२ को स्कोर निकाले। आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १४५ को नतिजामा दिनेश प्रजापती नवौँ र समग्रमा २-ओभर १४६ सहित सञ्जय लामा १०औं स्थानमा रहे। सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए।

३६ होलको समाप्तिमा १३-ओभर १५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी  २९ गल्फरले कट बनाएका छन्।

जयराम श्रेष्ठ, विष्णुप्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीपकुमार लामा, सबिन सापकोटा, रामकृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्णमान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन्। यस्तै एमेच्योर गल्फर टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापामगर र सुरेश तामाङले पनि कट बनाए ।

सद्भावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगीरहित प्रदर्शन गरे। फ्रन्ट नाइन २(अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औँ, ११औँ, १४औँ र १६औँ होलमा चार बर्डीको सफलता प्राप्त गरे। र ५-पारको १२औँ होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६=अन्डर ३० मा पुरा गरे।

भुवनले सानदार सुरुआत गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा पाँच बर्डी प्रहार गरे। आठौँ होलमा भने एक सट खेर फाले। यसपछि ११औँ र १५औँ होलमा एक(एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, सातौँ, नवौँ, १०औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे। तर चौथो, आठौँ, १४औँ र १७औँ होलमा एक/ एक सट खेर फाले।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो