उपमेयर कप राष्ट्रिय महिला फुटबल

धनगढीलाई उपमेयर कप

काठमाडौं । धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न फाइनल खेलको निर्धारित समयको खेल ३-३ बराबरीमा सकिएपछी विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो ।

१२औं मिनेटमा मनिसा सेनको गोलबाट ललितपुरले अग्रता लियो । त्यसको चार मिनेटपछि नै कप्तान निर्मला बिकले ललितपुरको अग्रता दोब्बर पारे ।

२४औं मिनेटमा धनगढीकी सिमा रावलले गोल गर्दै खेलअन्तर कम गर्ने संकेत गरेकी थिइन । ललितपुरकी रजनी थोकरले ३९औं मिनेट गोल गर्दै  ललितपुरको अग्रता ३-१ मा पुर्याइन ।

 चन्द्रा भण्डारीले ४९औं र ७३ औं मिनेटमा गरेको गोलमा धनगढी खेलमा फर्किएको थियो ।

धनगढीकी रेविका पाण्डे खेलकी प्लेअर अफ दि म्याच घोषित भइन । उनले पाँच हजार रुपैयाँ सहित ट्रफि पाइन् ।

विजेता  धनगढीले पाँच लाख रुपैयाँ र  उपविजेता टोलि ललितपुरले तीन लाख रुपैयाँ प्राप्त गर्यो । 

दुवै टोली पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका छन् ।