ट्वान्टी २० विश्वकप

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको रोचक तीन भिडन्त

दुबई । न्युजिल्यान्ड र अस्ट्रेलिया आइतबार आइसिसी ट्वान्टी २० क्रिकेट विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । यी दुई छिमेकी टोलीबीच सम्झनलायक तीन भिडन्तः

१९७४, क्राइस्टचर्च 
न्युजिल्यान्डद्धारा अस्ट्रेलिया पाँच विकेटले पराजित

पछिल्लो ३० वर्षदेखी अस्ट्रेलियाले न्युजिल्यान्ड आफ्नो स्तरको प्रतिद्धन्द्धी नभएको भन्दै वेवास्ता गर्ने गर्थ्यो । 

जुन सन् १९७० को दशकमा परिवर्तन भयो । विशेषगरी सन् १९७४ मा जब स्टार ब्याटर ग्लेन टर्नरले प्रत्येक इनिङमा शतक बनाएपछि न्युजिल्यान्डले अस्ट्रेलियामाथी टेस्टमा पहिलो पटक पाँच विकेटको जित हात पार्योे ।

१९८१, मेलबर्न
अस्ट्रेलियाद्धारा न्युजिल्यान्ड ६ रनले पराजित 

खेलको स्कोरलाइनले धेरै कुुरा नसम्झाए पनि ‘अन्डरआर्म’ ले धेरै कुरा सम्झाउने छ ।

एकदिवसीय शृंखलाको तेस्रो फाइनल सधैका लागी विवादास्पद समाप्तीमध्येको एक बन्यो । न्युजिल्यान्डलाई खेल बराबर गर्न अन्तिम बलमा छक्का आवश्यक थियो । 

अस्ट्रेलियाका कप्तान ग्रेग च्यापलले आफ्नो भाई ट्रेभरलाई ‘अन्डरआर्म’मा बल गर्न लगाए । 

यसबाट स्ट्राइकमा रहेका न्युजिल्यान्डका ब्याटर ट्यालेन्डर ब्रियक आक्रोशित बन्दैआफ्नो ब्याट फ्याके र ग्रेग च्यापललको निर्णयको निकै आलोचना भयो ।

न्युजिल्यान्डका तत्कालिन प्रधानमन्त्री रोबर्ट मुल्डुनले उक्त बल ‘साचो कायरताको कार्य भएको र अस्ट्रेलियाले पहेलो लगाउनु उपयुक्त भएको’ बताएका थिए ।

२०१५, अकल्यान्ड
न्युजिल्यान्डद्धारा अस्ट्रेलिया एक विकेटले पराजित

इडेन पार्कमा सन् २०१५ को एकदिवसीय विश्वकपको यो खेल कुनै पनि प्रतियोगिताहरुको उत्कृष्ट खेलमध्येको एक थियो ।

तिव्र गतिका बलर टे«न्ट बोल्टले २७ रन खर्चेर पाँच विकेट लिएपछि अस्ट्रेलियालाई एक सय ५१ रनको योगफलमै समेटदा न्युजिल्यान्डले सहजै जित निकाल्ने अपेक्षा थियो । 

न्युजिल्यान्डका कप्तान बे्रन्डम म्याकुलमले ५० रनको अर्धशतकिय पारी खेल्दै टोलीको जितलाई नजिक पुर्याउन खोजेका थिए । तर अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले २८ रन दिएर ६ विकेट लिएपछि न्युजिल्यान्ड धरासय अवस्थामा पुग्यो ।

केन विलियम्सनले अविजित ४५ रन जाेडेपछि न्युजिल्यान्डले एक विकेटको साघुरो जित  हात पार्यो  । 
प्रतियोगिताको फाइनलमा फेरी यी दुई टोलीको नै भिडन्त हुन पुग्यो, तर पहिलेको जस्तो खेल भने हुन सकेन ।

 न्युजिल्यान्ड मात्र एक सय ८३ रनमा अलआउट हुन पुग्यो र अस्ट्रलियाले ३४औं ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकपको उपाधि पाँचौ पटक उचाल्यो ।