फिफा विश्वकप एसिया छनोट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चीन

काठामाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा चीन फिफा विश्वकप एसिया छनोटमा घरेलु टोली सिंगापुरसँग २-२ को बराबरीमा रोकिएको छ ।

सिंगापुर राष्ट्रिय रंगशालामा शुक्रबार चीनका लागि दुवै गोल लि वुले गरे । सिंगापुरका लागि फरिस रामली र याकोब मेहलरले गोल गरे ।

यो बराबरीसँगै तीन खेलमा चार अंक जोडेको चीन तेस्रो स्थानमा रहँदा सिंगापुर समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

खेलको १०औं मिनेटमा वुइको गोलमार्फत चीनले अग्रता लिएको थियो । ३१औं मिनेटमा वु पेनाल्टीमा चुक्दा चीनले अग्रता दोब्बर बनाउन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा वुले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

रामलीले ५३ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । ८१औं मिनेटमा मेहलरले गोल गर्दा सिंगापुर २-२को बराबरीमा आयो।

यही समूहको अर्को खेलमा दक्षिण कोरिया थाइल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

छनोट अन्तर्गतकै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई ३-०, किर्गिस्तानले चाइनिज ताइपेइ, अस्ट्रेलियाले लेवनान र उज्वेकिस्तानले हङकङलाई समान २-० तथा जापानले उत्तर कोरिया तथा  इनोन्डोनेसियाले भियतनामलाई समान १-० ले पराजित गरे । यसैगरी सिरिया र म्यानमारले १-१ को बराबरी खेले