स्पेनिस ला लिगा

बार्सिलोना रोकियो, जिरोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति दोस्रो स्थानको जिरोना पराजित हुँदा तेस्रो स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।

दुई नतिजापछि शीर्ष स्थानको रियाल मड्रिडले सात अंकको अग्रता बनाएको छ । २७ खेलबाट रियालको ६६ अंक छ । जिरोनाको ५९ अंक र बार्सिलोनाको ५८ अंक रहेको हो ।

दोस्रो स्थानको जिरोना मालोर्कासँग १–० ले पराजित भएको हो । खेलको ३३औं मिनेटमा जासे कोपेटले गोल गर्दै घरेलु टोली मालोर्कालाई जित दिलाएका हुन् । बाँकी समयमा गोल हुन सकेन र जिरोना पराजित भयो । यो हारसँगै जिरोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंकदूरी घटाउने अवसर चुकायो ।

यता, बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरी खेलेको छ । एथ्लेटिकको मैदानमा बार्सिलोनाले गोलका धेरै प्रयास गरेपनि सफल हुन सकेन ।

सर्जियो लेवान्डोस्की, राफिन्हा, पेड्री, इल्काय गुन्डोगान, फ्राङ्की डि जोङ जस्ता खेलाडी गोलगर्नबाट टाढा रहे ।