मेजर लिग सकर

स्वारेज र मेसी चम्किएपछि इन्टर मियामीको दोस्रो जित

काठमाडौं । मेजर लिग सकर (एमएलएस)मा कप्तान लियोनल मेसी र लुइस स्वारेज चम्किएपछि इन्टर मियामीले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मियामीले ओर्लान्डो सिटीलाई ५–० ले हराएको छ । मियामीको जितमा स्वारेज र मेसीले समान दुई गोल गर्दा रोबर्ट टेलरले एक गोल गरेका हुन् ।

तीन मध्ये दुई जितपछि अपराजित रहेको इन्टर मियामी सात अंक जोडेर शीर्ष स्थानमा छ । तीन खेलबाट चार अंक जोडको रियाल साल्ट लेक दोस्रो स्थानमा रह्यो ।

मियामीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा थप दुई गोल गरेको हो । ह्याट्रि नजिक रहेर पनि लुइस स्वारेजले अवसर चुकाएका छन् । पहिलो ११ मिनेटभित्र स्वारेजले दुई गोल गरेका थिए । २

९औं मिनेटमा गोल हुने अवस्थामा पनि टेलरलाई बल उपलब्ध गराएका हुन् । जहाँ टेलरले खाली पोष्टमा गोल गर्न सफल भए । मेसीले खेलको ५७ र ६२औं मिनेटमा गोल गरेका हुन् । खेलमा स्वारेजले दुई गोलका साथै तीन असिस्ट गरेका थिए ।