स्पेनिस ला लिगा

रियाल हारबाट जोगियो

काठमाडौं । दुई गोलले पछि परेकोस्थितिमा पनि पुनरागमन गर्दै रियाल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । शनिबार राति भ्यालेन्सियाविरुद्ध २–२ को बराबरी खेल्दै रियाल अंक बाढ्न बाध्य भएको हो ।

बराबरीपछि पनि एक खेल बढी खेलेको रियालले सात अंकको अग्रता कायम राखेको छ । २० जित र ६ बराबर तथा एक हारसँगै ६६ अंक जोडर रियाल शीर्ष स्थानमा छ । २६ खेलबाट जिरोना ५९ अंक जोडेर दोस्रो स्थानमा छ । ५७ अंकको बार्सिलोना तेस्रो स्थानमा छ । २६ खेलबाट ३७ अंक जोडेको भ्यालेन्सिया नवौं स्थानमा रह्यो ।

खेलको ३० मिनेटभित्र घरेलु टोली भ्यालेन्सियाले दुई गोल गरेको थियो । हुगो डुरोले २७औं मिनेटमा पहिलो गोल गरे । ३०औं मिनेटमा रोमान यारेम्चुकले दोस्रो गोल गरेका हुन् । तर, पहिलो हाफको इन्जुरी समयका रोड्रिगो  सदुपयोग गर्दै भिनिसियर जुनियरले २–१ मा अग्रता झारे । ब्राहिम डिआजको पासमा ७६औं मिनेटमा जुनियरले नै दोस्रो गोल गर्दै हार टारेका हुन् ।

खेलको इन्जुरी समयमा जुड वेलिंघमले रातो कार्ड सामना गरेपछि रियाल दश खेलाडीमा सिमित बनेको थियो ।