नेपाली क्रिकेट

आकाश, विनोद, रसिद र लोकेशलाई समेट्दै टोली घोषणा

काठमाडौं । आकाश चन्द, विनोद भण्डारी, लोकश बम, रसिद खानलाई समेट्दै हङकङमा आयोजना हुने ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रोहितसहित, कुशल भुर्तेल, विनोद, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश, आकाश र अभिनाश बोहरा छन् ।

नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाहले विश्राम पाएका छन् ।

क्यानका अनुसार नेपालले हङकङमा पपुवा न्युगिनी (पिएनजी)सहित त्रिदेशीय ट्वान्टी २० शृंखला खेल्नेछ । नेपालले पहिलाे खेल मार्च ९ मा हङकङसँग खेल्ने तालिका छ । मार्च १० मा हङकङसँग खेल्दा मार्च १२ मा पिएनजीसँग खेल्ने तालिका छ ।