इङ्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटीको कठिन जित

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रियिमर लिगमा मंगलबार ब्रेन्टफोर्डमाथि १-० को कठिन जित निकालेको छ ।

घरेलु मैदान इत्तिहाद रंगशालामा खेलको ७१औं मिनेटमा एर्लिङ हालान्डले गरेको एक मात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । हालान्डले जुलियन अल्भारेजको पासालाई सदुपयोग गरेका हुन् ।

जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुरसँगको अंक दुरी घटाएर एक पुर्याएको छ । सिटीले २५ खेलमा ५६ अंक जोड्दा लिभरपुलको ५७ अंक छ ।

पराजित ब्रेन्टफोर्ड समान खेलबाट २५ अंकका साथ १४औं स्थानमा छ ।