युइएफए च्याम्पियन्स लिग

एट्लेटिकोमाथि इन्टरको कठिन जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लगेमा इटालियन क्लब इन्टर मिलानले स्पेनको एट्लेटिको मड्रिडमाथि १-० को कठिन जित निकालेको छ ।

घरेलु मैदान सान सिएरोमा मंगलबार इन्टरलाई जित दिलाउन मार्को अर्नाटोभिकले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

अर्नाटोभिकले खेलको ७९औं मिनेमा गोल गरेका थिए । लाउटारो मार्टिनेजले ‘वान भर्सेस वान’को अवस्थामा परेको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान ओव्बलले बचाए पनि रिबाउन्डलाई अर्नाटोभिकले सहज पोस्टको दिशा दिए ।

अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ । यसैगरी अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमन्ड डच टोली पिएसभीसँग १-१ को बराबरीमा रोकियो ।