नेपाल सुपर लिग

इलाम र वीरगंजलाई अन्तिम मौका

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको २३औं खेलमा आज (बुधबार) नयाँ टोलीहरू स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ पाँच बजे सुरू हुने तालिका छ । दुबै टोली दोस्रो संस्करणबाट एनएसएलबाट भित्रिएका हुन् ।

इलाम र वीरगंजलाई प्लेअफ पुग्ने अन्तिम अवसर रहेको छ । आजको खेल जित्ने टोलीले प्लेअफ सम्भावना कायम राख्नेछ ।

जारी सुपर लिगमा पाँच खेलबाट चार अंक जोडेको इलाम आठौ र चार खेलबाट दुई अंक जोडेको वीरगंज पुछारमा छ । त्यसैले पनि दुबै टोलीलाई प्लेअफ सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । 

जारी सुपर लिगमा पाँच खेलबाट चार अंक जोडेको इलाम आठौ र चार खेलबाट दुई अंक जोडेको वीरगंज पुछारमा छ । त्यसैले पनि दुबै टोलीलाई प्लेअफ सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । आज हार बेहोर्ने टोलीको अर्काे चरण सम्भावना निकै कमजोर बन्ने छ । बराबर भएको खण्डमा दुबै टोलीको गणितीय सम्भावना मात्रै कायम रहनेछ ।  

मेधराज केसीको प्रशिक्षकमा रहेको इलामले एकमात्रै खेल जितेको छ । इलामले आफ्नो दोस्रो खेलमा अर्काे नयाँ टोली झापा एफसीलाई १–० ले हराएको थियो । यसअघि उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले नै पराजित भयो । त्यसपछि टोली बुटवल लुम्बिनीसँग २–१ र पोखरा थन्डर्ससँग १–० ले पराजित भएको हो ।

गोलकिपर विकेश कुथुको मार्की तथा कप्तान रहेको इलाम प्रतियोगितामा अभागी बन्दै आएको छ । उसले खेलमा बल पोसेसन र आक्रामणमा स्तरीय प्रदर्शन गरेपनि फिनिसिङमा भने बारम्बार चुक्दै आएको छ ।

आइकोनिक खेलाडी तेज तामाङसहित घानाका विदेशी खेलाडीअनुबन्ध गरेको वीरगंज अन्य टोलीको तुलनाका कमजोर प्रदर्शन गरिरहेको छ ।

यता, वीरगंज प्रतियोगितामा जित निकाल्न सकेको छैन । चार खेल खेल्दा दुई हार र दुई खेल बराबरी खेलेको छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगंजले आशा गरे अनुसार प्रदर्शन गर्न सकेको छैन ।

आइकोनिक खेलाडी तेज तामाङसहित घानाका विदेशी खेलाडीअनुबन्ध गरेको वीरगंज अन्य टोलीको तुलनाका कमजोर प्रदर्शन गरिरहेको छ ।

वीरगंजलाई प्रतियोगितामा पहिलो जित निकाल्ने सुनौलो अवसर छ । यदि जित निकालेको खण्डमा प्लेअफ सम्भावना कायम राख्न सक्छ ।

प्रतियोगितामा पाँच खेलबाट ९ अंकसहित ललितपुर सिटी शीर्षस्थानमा छ । 

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको वीरगंजले सुरूआती खेलमा धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो । तेस्रो खेलमा सानदार प्रदर्शनसँगै उपाधि दाबेदार ललितपुर सिटीलाई २–२ र चौथो खेलमा झापालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

प्रतियोगितामा पाँच खेलबाट ९ अंकसहित ललितपुर सिटी शीर्षस्थानमा छ । समान आठ अंकका धनगढी र काठमाडौं क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शीर्ष चारभित्र रहेको पोखराको पनि आठ अंक नै छ ।