इङ्लिस प्रिमियर लिग

पाक्वेटा अनुबन्धका लागि सिटीको नयाँ प्रस्ताव

काठमाडौं । म्यानचेस्टर सिटीले ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा अनुबन्धका लागि नयाँ प्रस्ताव अगाडी बढाएको छ ।

सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्टहम युनाइटेडसामू ८० मिलियन पाउन्डको नयाँ प्रस्ताव राखेको हो । यसअघि वेस्टहमले ७० मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेको थियो ।

कप्तान इल्के गुन्डोगन र रियाद महारेजले क्लब छाडेपछि सिटी आफ्नो मिडफिल्ड बलियो बनाउने लक्ष्यमा छ। सिटी छाडेर गुन्डोगन स्पेनको बार्सिलोना र महारेज साउदी अरेबियाको अल अहिलमा अनुबन्ध भएका थिए ।

पाक्वेट अनुबन्धका लागि सिटीलाई सहज भने हुने छैन किनकी वेस्टहमकै सिजन आफ्ना तीन महत्वपूर्ण खेलाडी गुमाउन चाँहदैन। यसअघि नै कप्तान डेक्लान रिस १ सय ५ मिलियन पाउन्डमा अर्सनल र स्ट्राइकर जियानलुका स्कामाका २७ मिलियन पाउन्डमा एटलान्टा पुगिसकेका छन् ।

सन् २०२२ मा फ्रेन्च क्लब लियोनबाट वेस्टहम भित्रिएका पाक्वेटाले २८ प्रिमियर लिग खेलमा चार गोल गरेका छन्। वेस्टहम पाक्वेटाबीचको सम्झौता सन् २०२७ सम्म छ ।