चेल्सी

भेराटी भित्र्याउने चेल्सीको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले इटालियन मिडफिल्डर मार्को भेराटी अनुबन्धको इच्छा देखाएको छ ।

चेल्सीले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन(पिएसजी) बाट भेराटी भित्र्याउन चाहेको हो । आफ्नो प्रमुख खेलाडीले क्लब छाडेपछि चेल्सी मिडफिल्ड बलियो बनाउने योजनामा छ ।

सन् २०१२ मा इटालियन क्लब डेल्फिनो पेस्काराबाट पिएसजी भित्रिएका भेराटीले २ सय ७६ फ्रेन्च लिग वान खेलमा सात गोल गरेका छन् । भेराटी र पिएसजीबीचको सम्झौता सन् २०२६ सम्म छ ।

चेल्सी लिड्स युनाटेडबाट अमेरिकन मिडफिल्डर टाइलर एडम्स र ब्राइटनबाट इक्वेडरका मिडफिल्डर मोइसेस काइसेडोलाई पनि भित्र्याउने प्रयासमा छ ।

पिएसजीले यसअघि साउदी अरेबियन क्लब अल हिलालको प्रस्ताव अस्विकार गरेको थियो ।

यस सिजन मिडफिल्डर माटियो कोभासिच, काइ हाभार्टज, मासोन माउन्टले चेल्सी छाडेका थिए । यसैगरी गोलकिपर इडुआर्ड मेन्डी र रक्षक कालीडोउ कौलीबारी पनि क्लब छाडेका छन् ।

यस्तै यो सिजन क्रिस्टोफर एककुन्कु, निकोलस ज्याक्सन, एन्जेलो गाब्रियल, एक्सेल डिसासी र रोर्बट सान्चेज स्टामफोर्ड ब्रिज भित्रिएका छन् ।