मंसिर २, २०८२ मंगलबार | ०७:३१:१८
सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा
शनिबारको दिन नेपाल क्रिकेट संघ निर्वाचन

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ ।

जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् ।

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् ।

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् ।

यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ ।

आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।  

क्यानका अध्यक्ष चन्दले एक कार्यकाल फेरि दोहोर्याउने बताउँदै आएका छन् । यद्यपि उनी सबै साथीलाई मिलेर अगाडि बढ्न आग्रह गर्छन् । ‘साथीहरूको सहयोग पाए भने पुनः एकपटक क्यानको नेतृत्व गर्ने मनसाय बनाएको छु । साथीहरूले हुन्छ भन्नुभयो भने उम्मेदवारी दिन्छु । नत्र बाहिरै बस्छु,’ चन्द आफ्नो लक्ष्य सुनाउँछन् ।

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् ।

यता, कोषाध्यक्ष सिंह भने साथीहरूले क्यान नेतृत्वमा आउनलाई प्रोत्साहित गरिरहेको बताउँछन् । ‘जिल्लाका निर्वाचनहरूमा पुगेको छु । धेरै साथीहरूले क्यान नेतृत्वमा आउनुपर्ने सुझाव दिइरहनुभएको छ । मैले पनि यसतर्फ सोच बनाएको छु,’ सिंहले खेलाडीसँग भने ।

सामाजिक सञ्जालमा चहलपहल हेर्ने हो भने सिंहले आफ्नो चुनावी तयारी तीव्र बनाएका छन् । उनी हरेक जिल्लाका अध्यक्षलाई बधाई दिँदै आफूप्रति प्रभावित पार्न चाहन्छन् ।

एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालिसकेका पारस खड्का पनि क्यान नेतृत्वमा आउन चाहन्छन् । उनको प्रस्ट खाका भने तयार भएको छैन । 

यसैबीच एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालिसकेका पारस खड्का पनि क्यान नेतृत्वमा आउन चाहन्छन् । उनको प्रस्ट खाका भने तयार भएको छैन । तर, उनी कुनै न कुनै भूमिकामा क्यान छिर्न चाहन्छन् । निर्वाचनमा होमिने योजनासहित पारसले दुई वर्षअघि साउन १९ मा राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका थिए ।

जिल्ला र प्रदेश निर्वाचनपछि आफ्नो एजेन्डासहित सार्वजनिक हुने मनसायमा देखिन्छन् पारस । जिल्ला र प्रदेशबाट आउने मतान्तरअनुसार उनले आफ्नो चुनावी योजना बनाउने छन् ।

क्यानभित्रै के हल्ला चल्दै छ भने पारसले अध्यक्ष चन्दलाई नै सहयोग गर्ने छन् । उनी एक कार्यकाल चन्दलाई अध्यक्ष दिएर अर्काे पटक आफूले दाबी गर्ने योजनामा छन् । 

उनले जिल्लाबाट आफूअनुकूलका प्रतिनिधि आए अध्यक्ष पदमै दाबी गर्न सक्छन् । यदि त्यस्तो अवस्था नदेखिए अध्यक्ष चन्द या असन्तुष्ट पक्षमा खुल्न चाहेका छन् । पारसले सिंहको गुटमा जाने इच्छा भने देखाएका छैनन् ।

क्यानभित्रै के हल्ला चल्दै छ भने पारसले अध्यक्ष चन्दलाई नै सहयोग गर्ने छन् । उनी एक कार्यकाल चन्दलाई अध्यक्ष दिएर अर्काे पटक आफूले दाबी गर्ने योजनामा छन् । यसपालि कम्तीमा आफू सचिवमा प्रतिस्पर्धा गर्ने मुडमा छन् उनी । ‘पारस अहिले यो नै गर्छु भन्ने अवस्थामा छैनन् । जिल्ला र प्रदेश निर्वाचनपछि उनले आफ्नो धारणा राख्नेछन्,’ क्यानका एक पदाधिकारीले पारसको योजनाबारे सुनाए । ‘सकेसम्म अध्यक्षमै दाबी गर्ने, नभए सचिवमा दाबी गर्न सक्छन्,’ नाम नखुलाउने सर्तमा ती सदस्यले भने ।

क्यानको केन्द्रीय निर्वाचनका लागि ८८ मत छ । जसमा एउटा पक्ष चुनाव जित्न कम्तीमा ४५ भोट आवश्यक पर्छ । २० जिल्लाको निर्वाचन २०७८ सालमै हुँदा अहिले २५ जिल्लाको चुनाव भइरहेको छ । जिल्लाबाट ४५, प्रदेश २४, कार्यसमितिबाट १७, प्रशिक्षक संघ र अम्पायर संघबाट एक–एक प्रतिनिधि मतदानका लागि योग्य हुनेछन् ।

क्यानको निर्वाचन चल्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कप खेल्दै छ । जहाँ नेपालले टेस्ट महारथी राष्ट्र भारत र पाकिस्तानको सामना गर्नुपर्नेछ ।

यसबीच राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले पदाधिकारी अभाव भएको भन्दै वरिष्ठ उपाध्यक्ष र सहायक सचिव पद खडा गर्न निर्देशन दिएको छ ।

यता, क्यानको निर्वाचन चल्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कप खेल्दै छ । जहाँ नेपालले टेस्ट महारथी राष्ट्र भारत र पाकिस्तानको सामना गर्नुपर्नेछ ।

त्यसतर्फ भने अहिले कुनै पनि पदाधिकारीले ध्यान दिइरहेका छैनन् । मात्र चुनावी माहोलमा रमाइरहेका छन् । आफ्नो माहोल बनाउन सबै व्यस्त छन् । क्यानका अध्यक्ष चन्द भने एसिया कपमा ध्यान दिएको दाबी गर्छन् ।

  नेपाली टोलीले एसिया कपका लागि श्रीलंकामै १५ दिनको विशेष प्रशिक्षण गरेर नेपाली टोली गत साता स्वदेश फर्किएको थियो । अबको केही दिनमा नेपाली टोली पहिलो खेल खेल्न पाकिस्तान पुग्नेछ । त्यसपछि भारतसँग खेल्न पुनः श्रीलंका फर्कने तालिका बनेको छ । तर, क्यान भने ऐतिहासिक बन्न लागेको एसिया कपको प्रदर्शन कस्तो हुने हो त्यसलाई बेवास्ता गर्दै निर्वाचनमै मस्त छ ।