एक खेल अगावै फाइनल प्रवेशको लक्ष्यमा नेपाल

काठमाडौं, (खेलाडी)- माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार राती ९ः४५ बजेबाट सुरु हुनेछ । 

दुई खेलको समाप्तीमा नेपाल ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलमा दुई जोडेको भारत चौथौ स्थानमा छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै फाइनलको यात्रा तय गर्नेछ । 

यता नेपालसँग पराजित भएमा सात पटकको विजेता भारतको साफ च्याम्पियनसिप यात्रा लिग चरणमा सीमित हुनेछ । 

नेपाल र भारत हाल सम्म साफ च्याम्पियनसिपमा ६ पटक आमने सामने भएका छन् । ६ मध्ये पाँच खेल भारतले जितेको छ भने एक खेल नेपालले जितेको छ । 

समग्रमा भने यी दुई टोली विभिन्न प्रतियोगितामा २१ पटक आमने सामने भएका छन् । जसमा भारतले १४ खेल जित्दा नेपालले मात्र दुई खेल जितेको छ । पाँच खेल भने बराबरीमा सकिएको छ ।