आरसी ३२ सि डिभिजनमा छनोट 

काठमाडौं, (खेलाडी)- समाजसेबी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै आरसी ३२ क्लब 'सि 'डिभिजनका लागि छनोट भएको छ ।

सातादोबाटोस्थित एन्फा मुल्यालयमा भएको पहिलो फाइनलको निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो ।

तीन क्लबले 'सि' डिभिजनमा प्रवेश पाउनेमा अब दुई टोलीको छनोट हुन बाँकी छ । दोस्रो फाइनल आजै हुनेछ भने अन्तिम फाइनल खेल भोली हुनेछ ।