लात्यिभामाथि नेदरल्यान्डसकाे जित

आम्स्टर्डम, (खेलाडी)-  लात्यिभामाथि १-० को जितका साथ नेदरल्यान्डसले  विश्वकप छनोटको समूह 'जी' मा शीर्षता कायम राखेको छ ।

पहिलो हाफमा डेब क्लासेनले गरेको गोल नेदरल्यान्डस्का लागि स्पष्ट तीन अंक बटुल्दै विश्वकप छनोटको सम्भवना बलियो पार्न पर्याप्त बन्यो ।

सन् २०१४ को विश्वकपपछि नेदरल्यान्डसले विश्वकपमा स्थान बनाउन सकेका छैन ।

समूह 'जि 'मा सात खेलमा १४ अंक बटुलेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । समान खेलमा १४ अंक जोडेको नर्वे दोस्रो स्थानमा छ । समान खेलमा १२ अंकका साथ टर्की तेस्रो स्थानमा छ । सात खेलमा ११ अंक जेड्दै मोन्टेनेग्रो चौथो स्थानमा छ ।

पाँच अंक जोड्दै लात्यिभा पाँचौ स्थानमा छ भने जिब्राल्टरले अंक खाता खोल्न सकेको छैन ।