स्पेनिस ला लिगा

डि मारिया भित्र्याउने बार्सिलाेनाको इच्छा

 काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी विंगर/ मिडफिल्डर एन्जल डि मारिया अनुबन्धको इच्छा देखाएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारका अनुसार बार्सिलोनाले आगामी जुलाई ट्रान्सफर विन्डोमा डि मारियालाई अनुबन्ध गर्न  इच्छा देखाएको हो ।

बार्सिलोना डि मारियालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न चाहन्छ । डि मारिया हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका छन् ।

युभेन्टस र डि मारियाबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ । उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट एक वर्षको सम्झौतामा युभेन्टस भित्रिएका थिए ।

३५ वर्षीय डि मारियाले २४ इटालियन सिरी ‘ए’ खेलमा चार गोल गरे ।