वैशाख २८, २०८२ आइतबार | १४:२९:४७
गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण

एमआइएस कप सम्पन्न

काठमाडौं । मोर्डन इन्डियन स्कुल (एमआइएस) ले आयोजना गरेको एमआइएस कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बास्केटबल, ब्याटमिन्टन, फुटबल, चेस र टेबल टेनिस खेल समावेश गरिएको थियो ।

बास्केटबलको ब्वाइजमा आयोजका एमआइएस आरएआइ स्कुललाई ५६-२७ ले हराउँदै  च्याम्पियन बन्यो ।विजेता एमआइएसका आयुष रवी प्रतितयोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी गर्ल्स बास्केटबालमा चन्दबाग विद्यालय एमआइएसलाई २०-११ ले पराजित गर्दै च्याम्पियन बन्यो । विजेता चान्दबागकी वोन्सी रेग्मी सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

टेबल टेनिसको गर्ल्स टिम इभेन्टमा एमआइएसले त्रियोग विद्यालयलाई ३-१ सेटले हराउँदै उपाधि चुम्यो। यसैगरी ब्वाइज टिम इभेन्टमा पनि एमआइएस केन्द्रीय विद्यालयलाई ३-१ सेटले हराउँदै च्याम्पियन बन्यो ।

ब्याडमिन्टनको ब्वाइज १४ वर्षमुनिमा एमआइएसका रायन नाथले एमआइएसकै तनिष्क मित्तललाई २-१ ले हराएर उपाधि हात पारे । ब्वाइजकै १७ वर्षमुनिमा सेन्ट जेभियर्स स्कुलका प्रशोभ रत्न शाक्य डिएभीका भावेश अग्रवाललाई २-१ ले हराउँदै च्याम्पियन बने ।

ब्याडमन्टनको गर्ल्स १४ वर्ष मुनिमा त्रियोग स्कुलकी ज्योति श्रेष्ठले सेन्ट जेभियर्स स्कुलकी साक्षी रानालाई २-१ ले हराउँदै उपाधि चुमिन् । गर्ल्सकै १७ वर्ष मुनिमा सेन्ट जेभियर्स स्कुलकी प्रनिषा श्रेष्ठले सेन्ट जेभियर्सकी स्मृति यादवलाई २-१ ले हराउँदै च्याम्पियन बनिन् ।

चेसको ब्वाइजमा त्रियोग विद्यालयका सुलक्ष भट्ट केभीका शिवेन्दु चौधरी तथा गर्ल्समा त्रियोगकी रिया श्रेष्ठ सेन्ट जेभियर्स स्कुलकी मनस्वी शर्मालाई पराजित गर्दै च्याम्पिन बने ।

फुटबलमा सेन्ट जेभियर्स स्कुल द चन्दबाग स्कुललाई २-१ ले हराउँदै च्याम्पियन बन्यो । फुटबलमा ब्वाइज इभेन्ट मात्र समावेश थियो ।

प्रतियोगितामा सेन्ट जेभियर्स, ज्ञानोदय, रातो बङ्गला, त्रियोग, रुप्यस, आलोक विद्याश्रम, राई स्कुल , चन्दबाग, केभी स्कुल , टोरन स्कुल , आयोजक एमआइएस गरी ११ विद्यालयका पाँच भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP