सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटीले आर्मीलाई हरायो

काठमाडौं । कृतिश रत्न छुन्जुले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि १-० को कठिन जित निकालेको छ ।

जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

कृतिशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलको ७९औं मिनेटमा गोल गरेका थिए । कृतिशले सन्जिव विष्टले उपलब्ध गराएको थ्रू बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् ।

लिगमा आर्मीविरुद्ध एनआरटी अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट ३-३ को बराबरीमा सकिएको थियो ।