काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

नेपालले दोस्रो सेट पनि गुमायो

फाइल फोटो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा भारतविरुद्धको दोस्रो सेट पनि गुमाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी खेलको निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २४-२६ ले गुमाएको हो । यसँगै नेपाल २-० ले पछि परेको छ ।

नेपालले पहिलो सेट १२-२५ ले गुमाएको थियो । १-१ को बारबरीमा रहेको अवस्थामा नेपालले लगातार १० अंक गुमाएको थियो ।

दुवै टोली आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । अघिल्ला खेलमा  नेपाल र भारतले किर्गिस्तान र बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको गरेका थिए ।