काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

तेस्रो सेटमा नेपाल विजयी

फाइल फोटो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा भारतविरुद्धको तेस्रो सेट नेपालले आफ्नो पक्षमा पारेको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी खेलको तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालको यो जितसँगै खेल २-१ को स्थितीमा आएको छ ।  नेपालले  पहिलो सेट १२-२५ र दोस्रो सेट २४-२६ ले गुमाएको थियो ।

पहिलो सेट १-१ को बारबरीमा रहेको अवस्थामा नेपालले लगातार १० अंक गुमाएको थियो ।

दुवै टोली आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । अघिल्ला खेलमा  नेपाल र भारतले किर्गिस्तान र बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको गरेका थिए ।