समर्थक र टोली सहयात्रीको व्यवहारले असहज महसुस गरेको एम्बाप्पेको खुलासा

पेरिस, (खेलाडी)-  फ्रान्सेका स्ट्राइकर केलियन एमबाप्पेले  समर्थक र केही टोली सहयात्रीका कारण आफुले असहज महसुस गरेको खुलासा गरेका छन् ।

जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० मा एम्बाप्पे स्विट्जरल्यान्ड विरुद्ध पेनाल्टीको सदुपयोग गर्न चुकेका थिए । पेनाल्टी सुटआउटमा चुकेपछि फ्रान्सको यात्रा क्वाटरफाइनलमा टुङ्गिएको थियो । निर्धारित समय ३-३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्ड ५-४ ले विजयी भएको थियो ।

‘मैले राष्ट्रिय टोलीबाट खेल्दा एक युरो पनि लिएको छैन् र सधै फ्रान्सेली टोलीबाट निशुल्क खेल्नेछु,’एमबाप्पेले भने, ‘मेरो चाहना टोली कहिले पनि समस्यामा नपरोस् भन्ने नै रहेको छ । तर जबदेखि मानिसहरुले मलाई एक समस्याको रुपमा हेर्न थाले त्यसबेलादेखी मैले पनि आफुलाई टोलीका लागि समस्या बन्न थालेकी भन्ने महसुस गरेको छु ।'

'मलाई मेरो अहंकारका कारण हामीले खेल गुमायौं भन्ने धेरै सन्देश आयो । मैले यसबारे फ्रेन्च फुटबल संघको अध्यक्ष नोयर ले ग्रेटसँग पनि कुरा गरे ,’ एमबाप्पेले भने, 'मैले उनलाई पेनाल्टी चुकाएपछि आफुलाई  समर्थकले‘ बादर’ भन्दै अपमान गरेको गुनासो पोखे । सबैभन्दा महत्वपुर्ण कुरा राष्ट्रिय टोली हो र यदि टोली म बिना पनि खुसी छ भने म निस्कन तयार छु ।’