इङ्लिस प्रिमियर लिग

युनाइटेड खरिद गर्न शेख जासिमको नयाँ प्रस्ताव

लन्डन । शेख जासिमले ग्लेजर परिवारसामु इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड खरिद गर्नका लागि पुनः दाबी प्रस्तुत गरेका छन ।

कतार इस्लामिक बैकका अध्यक्षसमेत रहेका जासम र उनका प्रतिद्धन्द्धी सर जिम र्याटक्लिफले गत महिना तेस्रो पटक क्लब खरिदका लागि दाबी प्रस्तुत गरेका थिए ।

यस पटक जासिमले खरिद मुल्य केही बढाएर दाबी प्रस्तुत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन । जसअनुसार सो रकम क्लबको ऋण तिर्न र क्लब तथा समर्थकका लागि कोसको स्थापना गर्न समेत पर्याप्त हुने बताइएको छ । 

ग्लेजर परिवारले नोभेम्बरमा क्लब बेच्ने घोषणा गरेका थिए । सो घोषणासँगै जासिमले दाबी गरेका थिए । त्यसलगत्तै  र्याटक्लिफले पनि दाबी प्रस्तुत गरेका थिए ।