इङ्लिस प्रिमियर लिग

टाउरे ५ वर्षका लागि बर्नामाउथमै

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब बर्नामाउथले इटालियन सिरी ए को क्लब सासौलोका मिडफिल्डर हामेद टाउरेसँगको स्थायी सम्झौता गरेको छ ।

जनवरी सरुवा बजारको अन्तिम दिन टाउरेले ६ महिनाको लोनमा सासौलोबाट बर्नामाउथ भित्रिएका थिए । बर्नामाउथले केही सर्तहरुमा सहमत भएसँगै टाउरेलाई ५ वर्षका लागि अनुबन्ध गरेको हो । 

हालसम्म उनले प्रिमियर लिगको ३ खेद मात्र खेलेका छन । बर्नामाउथले यस पटक प्रिमियर लिगको हैसियत जोगाइसकेको छ । 

नयाँ सम्झौता अनुसार उनी सन् २०२८ सम्म बर्नामाउथमै बस्नेछन । टाउरेले सासौलो र इम्पोलीबाट सिरी ए मा एक सय ४० खेल खेलेका छन ।

बर्नामाउथसँग नयाँ सम्झौता गर्दा निकै खुशी छु,उनले भने, चोटका कारण यस सिजन धेरै खेल खेल्न नपाए पनि नयाँ सिजनमा फिट हुँदै मैदान फर्कने छु ।

बर्नामाउथ ३६ खेलमा ३९ अंकसहित १४औं स्थानमा छ ।