पेरिस । निक किर्गियोसले छिट्टै घुँडाको चोटबाट मुक्त हुँदै कोर्टमा फर्कने विश्वास व्यक्त गरेका छन ।
यस सिजन किर्गियोसले कुनै पनि खेल खेलेका छैनन । घुँडाको शल्यक्रिया गराउनु पर्ने भएसँगै उनले अन्तिम समयमा अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका थिए ।
उनी मार्चमा इन्डियन वेल्स ओपनसम्ममा फिट हुने अनुमान गरिए पनि हालसम्म उनी कोर्टमा फर्किएका छैनन ।
किर्गियास जुन १२ बाट स्टुटगार्टमा हुने बोस ओपनसँगै घाँसे कोर्टमा पुनरागमन गर्ने योजनामा रहेका छन ।
गत वर्ष उनले विल्बल्डनको फाइनलमा स्थान बनाउँदै आफूलाई पनि ग्रान्ड स्लामको दाबेदारको रुपमा उभ्याएका थिए । फाइनलमा भने उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए ।
उनले युएस ओपनको समेत क्वार्टरफाइनल सम्मको यात्रा तय गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
