काठमाडौं । आसन्न एन्फा राष्ट्रिय लिग २०८२ को प्रि–सिजनमा प्लानिङ ब्वाइज युनाइटेडले श्री भगवती, टोखालाई पराजित गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो सम्पन्न खेलमा प्लानिङले टोखालाई २–० ले निराश पार्यो ।
राष्ट्रिय लिग पुस ३० गते मंगलबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा काँक्रे बिहार युवा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
श्री भगवतीले मंगलबार दिनको दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । माघ ३ गते प्लानिङले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्लानिङ र श्री भगवतीले यसै वर्षमात्र शीर्ष डिभिजनको हैसियत प्राप्त गरेका हुन् । गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ च्याम्पियन तथा भगवतीले दोस्रो स्थान हासिल गरेको थियो ।
