काठमाडौं । अध्यक्ष अमृतमान श्रेष्ठले कार्यसमितिमा कुनै छलफल र सहमति नगरि आसन्न ‘एन्फा अर्ली इलेक्सन’का लागि प्रतिनिधि छनोट गरेपछि सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी भएको छ ।
सोमबार उपाध्यक्ष गणेश लामाको नेतृत्वमा कोषाध्यक्ष सरोज तिमिल्सिना, सह–कोषाध्यक्ष अनिल तामाङ, सदस्यहरुः अनिल लामा, श्याम लामा, श्री प्रधानलगायतको टोली संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

एन्फाको ‘अर्ली इलेक्सन’ योजनाअनुसार जिल्ला फुटबल संघमा नयाँ निर्वाचन नगरि चार वर्षअघिकै प्रतिनिधिलाई मताधिकार प्रदान गरिँदैछ । सरकारी निर्देशन अटेर गर्दै जिल्लाको चुनाव नगरिकनै पुरानै प्रतिनिधिबाट थप चार वर्षका लागि नेतृत्वमा अनुमोदित हुने योजनाअनुसार माघ २८ को निर्वाचनका लागि प्रक्रिया सुरु गरिसकेको छ ।
यद्यपि आजै मात्र गोर्खा जिल्ल फुटबल संघका सदस्य अमित खत्रीले हालेको मुद्धामाथि सुनुवाई गर्ने क्रममा पाटन उच्च अदालतले निर्वाचनका सबै प्रक्रिया रोक्न आदेश जारी गरेको छ ।
