फाल्गुन २०, २०८२ बुधबार | १०:१९:४०
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा

काठमाडौं । प्लानिङ ब्वाइज क्लबले पुस ३० गतेबाट सुरु हुने राष्ट्रिय लिगको लागि मुख्य प्रायोजक र सह प्रायोजकलाई भित्राएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘ए’ डिभिजन लिगमा बढुवा भएसँगै प्लानिङ ब्वाइजले राष्ट्रिय लिग खेल्ने टुंगो लगाएको थियो । लिग खेल्ने तयारीमा रहेको प्लानिङले सान्दर्भिक निर्माण सेवा प्रा.लिलाई मुख्य प्रायोजकमा भित्रायो । यो कम्पनीले पूर्वाधार निर्माण सम्बन्धि काम गर्दै आएको छ ।

एनआइसी एसिया भने क्लबको सहप्रायोजकको रुपमा भित्रिएको क्लबका अध्यक्ष दावा लामाले बताए । लामाले देशको राजनीतिक विषम परिस्थितिको बावजुद पनि क्लबसँग जोडिएकोमा दुबै प्रायोजकलाई धन्यवाद दिएका छन् । ‘अहिलेको राजनीतिक विषम परिस्थितिको बावजुद पनि दुई प्रायोजक हामीसँग जोडिनु भएको छ । साथ दिनु भएकोमा उहाँहरुलाई धन्यवाद,’लामाले भने ।

प्लानिङले पहिलो खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग माघ ३ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३, राष्ट्रिय लिगबाट छनोट भएका चार क्लब प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा सहिद स्मारक ए डिभिजन लिगका सुपर सिक्स क्लबलाई मात्रै राष्ट्रिय लिग खेल्न दिने निर्णय गरेको थियो । तर, एन्फाले खुल्ला छनोट गरेसँगै हिमालयन शेर्पाबाहेक सबै क्लब खेल्न तयार भएका हुन् ।  
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||