गण्डकी प्रदेश फुटबल संघ

गण्डकी प्रदेश फुटबल संघको मुख्य मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । गण्डकी प्रदेश फुटबल संघले ‘ड्रिम प्रोजेक्ट' सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै चासो नदेखाएको भन्दै आवश्यक पहलका लागि सहयोग गरिन दिन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको छ ।

संघले मुख्यमन्त्री-मन्त्री परिषद्को कार्यालय, गण्डकी प्रदेशलाइ ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन आग्रह गरेको हो । 

विश्व फुटबल महासंघ (फिफा) ले बहुउद्देश्यीय टेक्निकल सेण्टर निर्माणका लागी २० लाख अमेरिकी डलर विनियोजन गरेकोमा एन्फाले उक्त ‘ड्रिम प्रोजेक्ट’ सञ्चालनका लागि गण्डकी प्रदेशको कास्की जिल्लास्थित माछापुच्छ्रे गाउँपालिका वडा नं ६ भिडावारीलाई छनोट गरेको थियो ।  

ज्ञापननपत्र बुझाएपछि मुख्यमन्त्री पाण्डेसमक्ष एन्फामा निवर्तमान अध्यक्षल कर्माछिरिङ शेर्पाले उक्त ‘ड्रिम प्रोजेक्ट'को महत्व तथा त्यसका लागि भिडावारीलाई नै छनोट गर्नुकाे कारण बारेमा स्पष्ट पारेका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा गण्डकीका समूर्ण जिल्ला फुटबल संघका अध्यक्ष, सदस्य तथा स्थानिय सरोकारवाल लगायतको उपस्थिती थियो ।

बिंस २०७५ फागुन १४ गते भएको दुई पक्षिय सम्झौता अनुसार गाउँपालिकले एन्फालाई २० वर्षको लागी भोगचलन लगायत निर्वाध रुपमा निर्माण कार्य गर्न पाउने गरि करिव तीन सय ५२ रोपनी जग्गा उपलब्ध गराइसकेको छ । 

उक्त स्थानमा एन्फा बहुउद्देश्यिय टेक्निकल सेन्टर निर्माणको लागी सम्भाव्यता अध्ययन, डिपिआर लगायत नक्सा तयार गरि सेण्टर निर्माणका लागी गरिने भौतिक संरचनाका कार्यहरु दुई चरणमा निर्माण गरी सम्पन्न गर्ने निर्णय भएको थियो ।

‘२०७९ असार ६ गते नयाँ नेतृत्व चयन भए पश्चात एन्फा कार्य समितिको बैठकहरुमा यस्तो महत्वपूर्ण परियोजना संचालनको एजेन्डा प्राथमिकतामा नपारिएको परियोजना संचालनलाई अगाडी नबढाइएकोमा गण्डकी प्रदेश फुटबल संघ र यसमा आबद्ध जिल्ला संघहरु निकै दुखित छौं । नेपाल तथा विशेष गरी गण्डकी प्रदेशकै गहनाको रुपमा रहेको उक्त ‘ड्रिम प्रोजेक्ट’  निर्माण हुनेमा अन्यौलमा रहँदा हामी सबैलाई चिन्तित तुल्याएको छ,’ज्ञापनपत्रमा भनिएको छ ।

‘उक्त बहुउद्देश्यिय टेक्निकल सेण्टर निर्माणको क्रममा के कारणले अगाडी बढ्न नसकेको हो सो को यथार्थ छानविन गरि परियोजना अगाडी बढाउनको लागी राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेश मार्फत अखिल नेपाल फुटबल संघलाई पहल गरी परियोजना निर्माण कार्यलाई यथाशक्य छिटो अगाडी बढाईदिनु हुन यही ज्ञापन पत्रमार्फ आग्रह गर्दछौं ।’  

बहुउद्देश्यिय टेक्निकल सेण्टर निमार्ण हुने स्थान ईदी र मर्दी खोलाको किनारमा अवस्थित रहेकोले उक्त स्थानमा बाढीले क्षती पुर्याएको र पुर्याउन सक्ने भनि विभिन्न सामाजिक संजालहरुमा भ्रामक समाचार प्रसारण हुँदा फिफाबाट नै यसमा अध्ययन गरि प्रतिवेदन पेश गर्न युपिइसीको सर्वेक्षण टोलीलाई पठाएको थियो ।

सर्वेक्षण टोलीले प्रतिवेदन पेश गरे पछि उक्त स्थानको सुरक्षाको लागी  माछापुच्छ्रे गाउँपालिकाले करिव ५२ लाख रुपैयाँ खर्चेर तीन सय मिटर तटबन्द निर्माण समेत सम्पन्न गरिसकेको छ । 

बहुउद्देश्यिय टेक्निकल सेण्टर निर्माणका लागी फिफासंग समन्वय र सल्लाह गरि ई-विडिङ मार्फत टेण्डर प्रकृयालाई अगाडी बढाउने निर्णय भए अनुसार टेण्डर समेत भैसकेको छ ।