सहिद स्मारक‘ए’ डिभिजन लिग

थ्री स्टार र आर्मीबीचको पहिलो हाफ गोलरहित

फाइल फोटो

काठमाडौं । सहिद स्मारक‘ए’ डिभिजन लिगमा थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलकाे आठौं मिनेटमा जगजित श्रेष्ठको प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाउँदा आर्मी अग्रता लिन चुक्यो ।

४०औं मिनेटमा सुनिल तामाङको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

थ्री स्टार १७ खेलमा ६ जित र सात बराबरी र चार हारको नतिजासहित २५ अंक जोडेर पाँचौं स्थानमा छ । आर्मी १७ खेलमा ६ जित, ६ बराबरी र पाँच हारको नितजासहित २४ अंकका साथ छैटौं स्थानमा छ ।