आइडब्लुएल

किकस्टार्टको फराकिलो जितमा सरुको दुई गोल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा पाँचौं जित निकालेको छ ।

शनिबार सम्पन्न आफ्नो समूह चरणको अन्तिम खेलमा किकस्टार्टले सेन्ट्रल रिजर्भ पुलिस फोर्स एफसीमाथि ९-० को निकालेको हो ।

जितसँगै समूह ‘बी’को किकस्टार्ट सात खेलमा १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजय सेन्ट्रल रिजर्भ समान खेलबाट सात अंक जोडेर पाँचौं स्थानमा छ ।

किकस्टार्टलाई जित दिलाउन सरु र लैशराम बिबिचा देवीले समान दुई तथा सुस्मिता लाप्चा, लैशराम रेजिया देवी,अस्टम ओराँउ र डालिमा छिब्बरले समान एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको दोस्रो मिनेटमै सरुको लमार्फत किकस्टार्टले अग्रता लिएको थियो । तीन मिनेटपछि नै बिबिचा देवीले टोलीको अग्रता दोब्बर बनाइन् ।

२४औं मिनेटमा लाप्चाले गोल गरेपछि किक ३-० ले अघि बढ्यो । २८औं मिनेटमा सरु तथा ३४औं मिनेटमा बिबिचा देवीले ब्यक्तिगत दोस्रो गोल गरेपछि किकस्टार्टले पहिलो हाफमै ५-० को फराकिलो अग्रता लिएको थियो ।

५६औं ओराँउले टोलीका लागि छैटौं गोल गरिन् । ७२ औं मिनेटमा तनुको आत्मघाती गोलमार्फत किकस्टार्ट ७-० ले अघि बढ्यो ।

८८औं मिनेटमा छिब्बर र इन्जुरी समयमा रेजिया देवीले गोल गरेपछि किकस्टार्टले ९-० को फराकिलो जित निकाल्यो ।

जितसँगै समूह ‘बी’को किक सात खेलमा १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजय सेन्ट्रल रिजर्भ समान खेलबाट सात अंक जोडेर पाँचौं स्थानमा छ ।

सरुले इन्जुरी समयमा मैदान छाड्दा रेनुकाले भने खेल्न अवसर पाइनन् ।