सहिद स्मारक ‘ए’ डिभिजन लिग

चर्च ब्वाइजलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध शनिबार मैदान उत्रिँदा चर्च ब्वाइज युनाइटेडको लक्ष्य सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने हुनेछ ।

चर्च ब्वाइज र आर्मीबीचको खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थि दरशरथ रंगशालमा हुनेछ ।

शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग समान ३० अंक नै रहे पनि १६ खेल खेलेको चर्च ब्वाइज ‘हेड टु हेड’ मा पछि पर्दै दोस्रो स्थानमा छ ।

पछिल्ला चार खेलमा जित निकालेको चर्च ब्वाइज आर्मीविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । चर्च ब्वाइज  पछिल्लो पटक  आर्मीविरुद्ध नै १-० को पराजय ब्यहोरेको थियो ।

१६ खेलमा २१ अंक जोड्दै सातौं स्थानमा रहेको आर्मी पनि चर्च ब्वाइजलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्न चाहन्छ ।

दिउँसो तीन बजे च्यासल मैदानमा हुने खेलमा दुई ‘हेविवेट’ टोली मछिन्द्र र थ्री स्टार क्लब आमने सामने हुँदैछन् ।

दुवै टोली जित निकाल्दै उपाधि होडलाई कायम राख्ने सोचमा छन् । पछिल्लो खेलमा साबिक विजेता मछिन्द्र चर्च ब्वाइजसँग २–१ ले पराजित हुँदा थ्र्री स्टारले न्यरोड टिम (एनआरटी)सँग गोलरहित बराबरी खेलेका थिए ।

थ्री स्टार १६ खेलमा २५ अंकका सथ तेस्रो स्थान रहँदा मछिन्द्र समान खेलमा २४ अंकका साथ चौथो स्थानमा छ ।

पहिलो लेगमा यी दुईबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ । दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा छन् ।

एपिएफ १६ खेलमा २२ अंकका साथ छैटौं स्थानमा रहँदा सातदोबाटो समान खेलमा २३ अंक जोडेर पाँचौं स्थानमा छ ।

पछिल्लो खेलमा एपिएफले आर्मीलाई ३-० ले पराजित गर्दा सातदोबाटोले संकटा क्लबसँग २-० को हार ब्यहोरेको थियो । 

पहिलो लेगमा सातदोबाटो  १-० ले विजयी भएको थियो ।