सहिद स्मारक ए डिभिजन लिग

जावलाखेललाई जित लयमा फर्कने दबाब

काठमाडौं ।सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज हिमालयन शेर्पा क्लबको सामना गर्दा जावलाखेल युथ क्लब जित लयको पुनरागमनसहित शीर्ष स्थानमा फर्कने लक्ष्यमा हुनेछ । 

लिगको १४औं चरणको समाप्तीसम्म शीर्ष स्थानमा रहेको जावलाखेल १५औं चरणपछि दोस्रो स्थानमा झरेको थियो । दोस्रो स्थानको जावलाखेलको १५ खेदमा २४ अंक छ । जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र ३ अंक कम हो । आज हिमालयन शेर्पालाई हराएमा जावलाखेलले शीर्ष स्थानमा पुनरागमन गर्नेछ । 

१४औं चरणमा नेपाल पुलिससँग पराजित जावाखेल १५औं खेलमा खुमलटारसँग निराश भएको थियो ।

यता पछिल्लो केही खेलमा लय समाएको हिमालयन शेर्पा क्लब भने शीर्ष स्थानको जावलाखेल युथलाई स्तब्ध पार्दै सो लय कायम राख्न चाहन्छ । 

यी दुई टोलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । 

आजै दशरथ रंगशालामा हुने पहिलो खेलमा तेस्रो स्थानको थ्री स्टार क्लबले न्युरोड टिम(एआरटी) को सामना गर्नेछ । पहिलो चरणको भेटमा एनआटीले थ्री स्टारलाई १-० ले हराएको थियो । 

त्यस्तै च्यासल फुटबल मैदानमा हुने खेलमा पाँचौ स्थानको सातदोबाटो युथ क्लबले ११औं स्थानमा रहेको संकटा क्लबको सामना गर्दैछ ।