सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिसमाथि हिमालयनको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको छ ।

जितसँगै हिमालयनले १५ खेलमा समान ५ जित,बारबरी र हारको नतिजासहित २० अंक जोडेको छ । पराजय ब्यहोरेको पुलिसको समान खेलबाट ४ जित, ३ बराबरी र ८ हारको नतिजासहित १५ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा हिमालयनलाई जित अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले समान १ गोल गरे । पुलिसका सौजन राईले १ गोल फर्काए ।

खेलको १४औं मिनेटमा अबायोमीले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा सौजनले पुलिसलाई बराबरीमा ल्याए ।

५१औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई २-१ को रोमाञ्चक जित दिलाए ।

हिमालयनले पुलिसविरुद्ध लिग डबल (दुई वटै लेगमा पराजित) गरेको छ । पहिलो लेगमा हिमालयन १-० ले विजयी भएको थियो ।