इङ्लिस प्रिमियर लिग

लेस्टर र एभर्टनको बराबरी

लन्डन । एलेक्स इओबीको गोलमा एभर्टनले सोमबार इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध हारको संकट टारेको छ । 

प्रिमियर लिगमा एभर्टन र लेस्टरले २-२ को बराबरी खेलेका हुन ।

१५औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमा पेनाल्टी गोलमा एभर्टनले अग्रता लिएको थियो । २२औं मिनेटमा काल्गर सोयुन्चुले गरेको गोलमा लेस्टर सिटी खेलमा फर्किएको थियो । ३३औं मिनेटमा जेमी भार्डेको गोलमा लेस्टरले अग्रता लिएको थियो । 

पहिलो हाफको इन्जुरी समयको नवौं मिनेटमा एभर्टनका गोलकिपर जोर्डन पिंकफोर्डले जेम्स म्याडिसनको पेनाल्टी विफल पारेसँगै लेस्टरले अग्रता ३-१ मा पुर्याउने अवसर गुमाएको थियो । 

५४औं मिनेटमा इओबीले गरेको गोलमा एभर्टनले हारको संकट टारेको थियो ।

लेस्टर ३४ खेलमा ३० अंकसहित १६औं स्थानमा छ । १८औं स्थानको नटिङघमको पनि समान ३० अंक छ । लिगमा ४ खेल खेल्न मात्र बाँकी रहँदा लेस्टरको रेलिगेशन खतरा भने टरिसकेको छैन । १९औं स्थानको एभर्टनको समान खेलमा २९ अंक छ ।