जर्मन बुन्डेसलिगा

बर्लिनलाई हराउँदै बायर्न शीर्ष स्थानमा

काठमाडौं । हेर्था बर्लिनलाई २-० ले पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

यस जितसँगै ३० खेलमा ६२ अंक जोडेको बायर्नले बोरुसिया डर्टमन्डलाई १ अंकले पछि पारेको छ । पराजय ब्यहोरेको हेर्था समान खेलमा २२ अंकका साथ पुछारमा छ ।
घरेलु मैदान एलियन्ज एरिनमा आइतबार बायर्नलाई जित दिलाउन सेर्जी जिनाब्री र किंग्सले कोम्यानले समान १ गोल गरे ।

खेलको ६९औं मिनेटमा जिनाब्रीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जोसुवा किमिचको पासलाई पोस्टको दिशा दिएका हुन् ।

७९औं मिनेटमा कोम्यानलेले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए । यस पटक पनि किमिचले गोलको अवसर सिर्जना गरेका थिए ।